सरकार भारतको इशारामा चलेको छ: बिजुक्छें

Posted on: 14 Jun, 2017


जेठ ३१, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको गम्भीर आरोप लगाएका छन् । 

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गरे । 

अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म निर्वाचन आयोग सरकारको नभई सरकार निर्वाचन आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे । तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उनको भनाई छ । 

प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको उनले बताए । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!