विप्लव माओवादीद्वारा कांग्रेसका उम्मेदवारको अपहरण

Posted on: 18 Jun, 2017

असार ४, ताप्लेजुङ । ताप्लेजुङवाट विप्लव माओवादीले कांग्रेसका एकजना उम्मेदवारको अपहरण गरेको छ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेको हो ।

ताप्लेजुङ फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार मनकुमार पतङ्वा लिम्बुको विप्लव समुहद्वारा घरबाटै अपहरण भएको हो । 

प्रहरीले अपहरणमा संलग्नहरुको खोजि सुरु गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!