मनोनयन दर्ता गर्न गएका माओवादी उम्मेदवारको हत्या

Posted on: 19 Jun, 2017

असार ५, काठमाडौँ । स्थानीय तहको दोश्रो चरण निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गइरहेको बेला हराएका माओवादी उम्मेदवारको हत्या भएको खुलासा भएको छ ।

संखुवासभा भोटेखोला गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा माओवादी केन्द्रबाट छिमी भोटेले उम्मेदवारी दिने तय भएको थियो । 

उम्मेदवारी दिने क्रममा मनोनयन केन्द्रमा जाँदै गर्दा बाटोमा उनको हत्या भएको माओवादी केन्द्र संखुवासभाले जनाएको छ । 

पार्टीले घटनाको तत्काल छानबिन गरि दोषीमाथि कार्वाही गर्न माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!