भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा शक्ति प्रदर्शन

Posted on: 20 Jun, 2017


जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । 

राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले शक्ति प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा ७ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । जुन राष्ट्रिय जनमोर्चाको प्रदर्शन सन्धिखर्क लगायत जिल्लाभर अन्य दलका समर्थकहरुको उपस्थिती भन्दा बढी हो ।


उम्मेदवारी दर्ताको लागि राष्ट्रिय जनमोर्चाका हजारौं समर्थकहरुको बाजागाजा सहित उपस्थिती रहेको थियो । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ । यहाँ कांग्रेस र माओवादीको तालमेल भएता पनि जनमोर्चाले सहजै जित्ने अनुमान गरिएको छ ।  साथै यस नगरपालिकामा  कांग्रेस र माओवादीले तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाले  सहजै जित्ने अनुमान गरिएको छ । 

भुमिकास्थान नगरपालीकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला राना, कांग्रेसबाट उपमेयरमा खडानन्द बेल्वासे, एमालेबाट मेयरमा पिताम्बर भुसाल र उपमेयरमा सुनिता बेल्वासे, माओवादी केन्द्रबाट मेयरमा रेशम थापा , नयाँशक्तीबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गगां घिमिरे,  राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिए ।  


यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् । उता उम्मेदवारी दर्ता पछि पनि  नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ । 

स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!