मधेसी जनताको अधिकार खोसियोः खनाल

Posted on: 21 Jun, 2017

असार ७, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ । 

इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो । ” 

निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो । 

वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!