प्रधानमन्त्री देउवाले भने : वृद्ध भत्ता डबल गर्छु-गर्छु-गर्छु

Posted on: 25 Jun, 2017
असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको हो  । 
सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘मैले बजेट ल्याउन पाएँ भने, यो वृद्ध भत्ता डबल गर्छु गर्छु गर्छु ।’ देउवाले डडेल्धुराको विकास का निम्ती चुनाव पहिलो खुड्किलो रहेको बताउँदै कांग्रेसबाट उठेका सम्पूर्ण उम्मेदवारलाई मतदान गरेर जिताउन समेत आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!