आफैँले बोकेको बम विष्फोट हुँदा नेकपाका कार्यकर्ताको मृत्यु

Posted on: 27 Jun, 2017


धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ । 

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । 

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो । आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनी नेकपाका कैलाली जिल्ला सदस्य रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!