विप्लव समूहका कार्यकर्ता रिहा

Posted on: 29 Jun, 2017

सास । असार १५, बर्दिया । 

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताहरुलाई आज अपरान्ह रिहा गरिएको छ ।


संघियता र स्थानीय निर्वाचनमा असन्तुष्टि जनाएको उक्त समूहका १५ जना कार्यकर्ताहरुलाई गत बैशाख २१ गते प्रहरीले एक कार्यक्रमको आयोजना गरिरहँदा कार्यक्रमबाटै गिरप्तार गरेको थियो । 

जिल्ला कमिटीका १ इन्चार्ज सहित १५ जनालाई गिरप्तार गरिएकोमा अझै २ जनालाई मुक्त गरिएको छैन । 

यसरी गिरप्तारमा पर्नेहरुमा देवकला अधिकारी, गोपाल परियार, पूर्ण बहादुर महतारा, चक्र बहादुर खत्री (नेत्र), विष्णु परियार, दिलबहादुर कसेरा, कान्छा थारु, चन्द्र बहादुर परियार, पूर्ण बहादुर नेपाली, चन्द्रप्रसाद आचार्य, डम्बर परियार, टिमती चैधरी, जय बहादुर ठाडा, रहेका छन् भने चन्द्रविर विश्वकर्मा र खुमराज गिरीलाई भने अझै रिहा भएका छैनन् । 

रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज देवकला अधिकारीले पञ्चायती शैलीमा गिरप्तार गरिएको र जिल्ला प्रहरी कार्यालयभित्र न्यूनतम मापदण्ड पनि नभएको बताउनुहुँदै पानी पनि प्रदुषित भएको आफ्ना कपडाहरु धुँदा पनि सेता रङ्गका पहेँला भएको बताउनुहुँदै संसदीय व्यस्थाले मुलुकको समस्याको सम्बोधन गर्न नसक्ने र राज्यले शिक्षा, स्वास्थ्य जस्ता संरचनाहरुको जिम्मेवारी स्थानीय निकायमा दिएर आफू जिम्मेवारबाट पन्छिन् खोजेको आरोप लगाइन् । 


स्थानीय निर्वाचन कुनै पनि हालतमा स्वीकार्य नभएको र आफ्ना कार्यकताहरुको गिरप्तारीका सवालमा आफूले न्याय खोज्न अदालत नधाउने बरु राज्य जसरी आउँछ त्यसरी नै जवाफ दिने कुरा बताइन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!