विद्यार्थीले शिक्षकलाई नै हराएपछि...

Posted on: 30 Jun, 2017


असार १६, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी बएका छन् । 

उनले एमालेबाट उम्मेदवारी दिएका दलबहादुर थापालाई पराजित गरेका हुन् । ८ नम्बर वडाकै श्री मालिका उच्च माविका शिक्षक दलबहादुर थापाले वडा अध्यक्षको टिकट पाएपछि शिक्षक पदबाट राजीनामा दिएका थिए ।

तर उनलाई त्यही विद्यालयमा अध्ययन गरेर अहिले स्नातक पढ्दै गरेका २१ वर्षका प्रकाश रावलले पराजित गरेका छन् । 

निर्वाचनको थप मत परिणमा थाहा पाउन यहाँ किल्क गर्नुहोस

यस बिषयमा तपाइको प्रतिक्रिया...!