बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 02 Jul, 2017

असार १८, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । 

मधुवनको मेयरमा केन्द्रका गणेश केसी (कृष्ण) ले ८ हजार ४ सय ३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयर माओवादी केन्द्रकै शुभरानी थारु ७ हजार ५ सय २३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर पदका उम्मेदवार दुर्गा वलीले ५ हजार ९ सय २३ र उपमेयर पदका उम्मेदवार हिरा कुमारी चौधरीले ५ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!