प्यूठानमा माओवादीले खाता खोल्यो

Posted on: 04 Jul, 2017


असार २०, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् । 

उपमेरमा नेकपा एमालेबाट उम्मेदवार भएकी शान्ता आचार्य ५ हजार ९७ मत प्राप्त गरि बिजय हासिल गरिन । 

आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फराकिलो मत अन्तरले पराजित गरेकी हुन् । प्यूठान नगरपालिकाका लागि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको थियो । 

जिल्लाका ९ स्थानीय तह मध्ये माओवादीले प्यूठान नगरपालिका मात्र मेयर पदमा बिजयी भएर खाता खोलेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!