इटहरी उपमहानगरपालिकामा एमाले विजयी

Posted on: 07 Jul, 2017


असार २३, सुनसरी । सुनसरी जिल्लाको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् ।

मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी भएकी छन  । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै विमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गरेकी छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!