अबको ५ महिनाभित्रै छरकन्य खोलाको पानी खरीको घलेडाँडामा

Posted on: 07 Jul, 2017

असार २३, धादिङ्ग | स्थानीय संरचना अनुसार ज्वालामुखीको ५ नम्वर वडामा पर्ने खरीमा सिंचाई तथा खानेपानीको बृहत योजनाको काम आजबाट सुरु गरिएको छ | 

मङ्सिरसम्म योजनाको सबै काम सम्पन्न गरिसक्ने र पुष १५ भित्रै पानी तानिने उध्यश्य लिएर द्रुत गतिको कार्ययोजना तय गर्दै आजबाट सो आयोजनाको काम सुरु गरिएको हो | कोरियन संस्था कोइका मार्फत सर्भिस फर पिस नामक संस्थाको सहयोगमा सम्पन्न गर्न लागिएको उक्त योजना करिव ८० लाख भन्दा बढी लगानीमा निर्माण हुने बताइएको छ | आयोजनाले छर्कन्ने खोलादेखि घलेडाँडासम्म जेसिवी पाइपलाइन बिछ्याउने छ भने घलेडांडाबाट बिभिन्न ९ स्थानका ट्यांकीमा उक्त पानी जीआई पाइपलाइन मार्फत पठाइनेछ | 

आयोजना कार्यतालिकाबारे आज खरीको अन्नपूर्ण माबिमा भएको भेलाले आयोजना निर्माणका लागि बिभिन्न तीन समिति चयन गरेको छ | गोपाल अधिकारीको अध्यक्षतामा ५ जनाको मूल समिति चयन गरिएको छ, जसमा अध्यक्ष गोपाल अधिकारी छन् भने सदस्यहरुमा अनु आले, दल बहादुर थापा मगर, अर्जुन फ्याली र चन्द्र बहादुर अधिकारी रहेका छन् | त्यस्तै मूल अध्यक्षको संयोजनमा अन्य तीन समिति निर्माण गरिएको छ | जसमा निर्माण समिति अन्तर्गत दल बहादुर थापा, डन्ड बहादुर अधिकारी र अनु आले चयन भएका छन् | त्यस्तै खरिद समितिमा गोपाल अधिकारी, विष्णु गुरुङ्ग र टीकामायाँ आले रहेका छन् | त्यस्तै अनुगमन समितिमा नव निर्वाचित वडा सदस्य प्रेम बहादुर अधिकारी, रिता रोकाया र राजेश अधिकारी रहेका छन् | 

आजको भेलाले आयोजनाका चरणहरुबारे बिस्तृत छलफल गर्दै असार २५ गते बिहान ७ बजे आयोजनाबारे ओरिएन्टेसन गर्नेछ | त्यस्तै साउन भित्रै निर्माणका सामग्रीहरु खरिद गर्ने भएको छ भने भदौबाट काम सुरु गर्नेछ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!