तेस्रो पार्टी अब एकैचोटी पहिलो बन्छ: प्रचण्ड

Posted on: 24 Jul, 2017


साउन ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर नभएर जनतातिर फर्किनुपर्ने बताएका छन् । 

पार्टी कार्यलय पेरिसडांडामा सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले भने “माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।’

उनले पार्टी फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने तथा एकैचोटी पहिलो पार्टी हुने बताएका छन् । उनले भने, ‘हामी कहि न कहीँ बिग्रिएकै हो तर अब साच्चिकै सच्चिएर जान चाहन्छौं । माओवादी सच्चियोस् भन्ने जनताले चाहेका छन् ।’ उनले चुनावमा पार्टीले हार बेहोर्नुको आन्तरिक कारण खुलाउँदै भने, ‘वैचारिक रुपमा पार्टी एकता भएपनि भावत्मक रुपमा एकता हुन नसक्दा समस्या उत्पन्न भयो ।’

माओवादीमा विस्तार विस्तारै भन्ने नहुने भन्दै उनले भने, फुट्दा पनि लगातार फुट्ने र जुट्दा पनि १० वटा पार्टी जुटेर संकेत देखाएका छौं ।’ साथै उनले पार्टी एकतामा आउन पूर्व सहकर्मीहरुलाई आहृवान समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!