माओवादीबाट मन्त्री को-को बन्दैछन ? (सुचिसहित)

Posted on: 25 Jul, 2017

साउन १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम औपचारिक रुपमा  अझै पनि टुङ्गो लगाउन सकेको छैन । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई मन्त्रीमण्डल बिस्तार गर्न दबाव दिएपनि आफ्नै पार्टीबाट पठाउने छजना मन्त्रीको नाम अहिलेसम्म टुङ्गो लगाएका छैनन् । 

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नेता वर्षमान पुनः, कृष्णबहादुर महरा र जनार्दन शर्माका सहयोगमा मन्त्रीको नाम मोटामोटी तयार गरेर राखेका छन् । सोहि नामलाई आज ३ बजे बसे हेडक्वाटरको बैठकले अन्तिम रुप दिने बताइएको छ । 

पार्टी हेडक्वाटर स्रोतका अनुसार छ जना मन्त्री बन्नेहरुमा गिरीराजमणी पोखरेल वा रामनारायण विडारी मध्येबाट एकजनालाई स्वास्थ्य मन्त्रालय र टेकबहादुर बस्नेतलाई कृषि मन्त्रालयको जिम्मा दिईनेछ  ।

यस्तै श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्री, शिवकुमार मण्डललाई वाणिज्य तथा आपूर्ति मन्त्री, आशा खनाललाई महिला तथा बालबालिका मन्त्री र महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालयको जिम्मा दिईने माओबादी स्रोतले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!