किन रोकियो मन्त्रिपरिषद विस्तार, अब कहिले हुन्छ ?

Posted on: 25 Jul, 2017

साउन १०, काठमाडौ । नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबार हुने भनिएको मन्त्रिपरिषद विस्तार बुधबारका लागि सारिएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्काबीच भागवण्डा नमिलेर मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको अडानका कारण म‌गलबारको कार्यक्रम स्थगित भएको नेताहरुले बताएका छन् । 

कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ । 

त्यसैगरी सत्ता साझेदार दल माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंग्याएको बताए पनि सार्वजनिक भने गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!