सल्यानमा विप्लवको कम्युनिष्ट पार्टीले भ्रष्टाचारीलाई कार्वाही गर्ने

Posted on: 26 Jul, 2017

साउन ११, सल्यान । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाहि गर्ने जनाएको छ ।

पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागजात बनाएर पुरै रकम निकासा गरेर आर्थीक अनियमितता गर्नेहरुलाई कार्वाहि गर्ने निर्णय गरेको हो ।

त्यस्तै भेलाले जभेटघाट भेला गर्दै जनताको हितका लागि कार्य गर्ने निर्णय पनि गरेको छ । भेलाबाटै पार्टीले गाउ स्तरिय संगठन निर्माण गरेको छ । कुमाखमालिका अन्तरगत वडा नं. १ र २ पर्ने साविकको स्वीकोट गाविसमा अमृत सुनारको अध्यक्षतामा ५० सदस्यीय गाउ कमिटी निर्माण गरिएको हो ।

पार्टीको स्रेक्रेटरीमा शिलालाल केसी रहेका छन भने २ वडाका छुट्टाछुट्टै समिति पनि निर्माण गरिएको छ । 

वडा नं. १ मा पार्टी तथा संगठनको जिम्मेवारी भिम बहादुर रावत र हर्क बस्याललाई दिइएको छ भने २ मा देव बहादुर सुनार, नोखिराम चनारा र गोपाल वि.कलाई दिइएको छ ।

त्यस्तै रविन केसीको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय युवा जनस्वयमसेवक पनि गठन गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!