माओवादीबाट को-को हुँदै छन् मन्त्री ?

Posted on: 26 Jul, 2017

साउन ११, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने पाँच जना मन्त्रीहरुको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेका बेला माओवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

माओवादीले गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, सन्त चौधरी र आशा खनाललाई मन्त्री बनाउने निर्णय गरेको छ ।

पोखरेललाई स्वास्थ्य र शाहीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

त्यस्तै माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ । जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बन्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र मन्त्री भैसकेका छन् भने जनार्दन शर्मा गृह मन्त्री र प्रभु शाह सहरी विकास मन्त्रीको पद यस अघि नै समालिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!