साझा र विवेकशील मिलेर बन्यो 'विवेकशील साझा पार्टी'

Posted on: 26 Jul, 2017


साउन ११, काठमाडौं ।  विवेकशील नेपाली दल र साझा पार्टीबीच एकिकरण भएको छ । 

दुई पार्टी एकिकरण भएर विवेकशील साझा पार्टी बनेको छ । निर्वाचन सकिएपछि साझा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर साझा र विवेकशीललाई संस्थागत रुपमा एकिकरण गरिने छ । 

पार्टी एकिकरणपछि साझाका अध्यक्ष रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष उज्जवल थापाको हैसियत समान बन्ने छ । छिट्टै एकता महाधिवेशन गरेर निर्वाचित कार्य समिति बन्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!