अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक सम्पन्न

Posted on: 30 Jul, 2017

साउन १५, प्युठान । अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक शनिबार सम्पन्न भयकाे छ ।

जिल्ला उपाध्यक्ष कल्पना जि सिकाे अध्यक्षता , अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य तथा प्युठान ईन्चार्ज बिनाेद भन्डारिकाे प्रमुख अातित्थ्यता , नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा विद्यार्थी ईन्चार्ज प्रमाेद खडकाकाे विशेष अातिथ्यता तथा जिल्ला सह सचिब रामचन्द्र केसिकाे सञ्चालनमा बैठक सम्पन्न भयकाे हाे ।

बैठकले जिल्ला कमिटिकाे मिति पूरा भइसकेकाे र जिल्ला ससम्मेलन मार्फत नया कमिटि गठन गर्नुपर्ने भयकाले यहि २७४/०४/२८ गते प्युठानकाे स्वर्गद्वारि बहुमुखि क्याम्पस नजिक जिल्ला खेलकुद बिकाश समितिकाे सभाहलमा बिहान ११ बजे भेला भेला राख्ने र साेहि भेलाले सम्मेलन अायाेजक कमिटि गठन गरि जिल्ला सम्मेलनकाे तिब्र तयारि गरि सम्मेलन सफल बनाउने र साे भेलामा प्रत्यक क्याम्पस कमिटि, उच्चमावि कमिटि  मावि कमिटिहरुलाई सहभागी गराई भब्य उपस्थितिमा पाटि र विद्यार्थी केन्द्रीय अतिथिहरुकाे बिच बाट भेलालाई भब्यताका साथ सफल बनाउने निर्णय गरेकाे छ । 

 बैठकमा सम्बाेधन गर्दै प्रमुख अतिथि बिनाेद भण्डारिले सबै जिल्ला कमिटिका पदाधिकारिहरु तथा सदस्यहरु कार्यबिभाजन गरि गहन जिम्मेवारी पुर्बक 28 गतेकाे भेला र साे भेला पछिकाे जिल्ला सम्मेलनलाई सफल पार्न प्रत्यक मा बि उमाबि र क्याम्पसहरुमा गई त्यहाकाे बिद्यार्थिहरुका समस्याहरु शैक्षिक समस्याहरु लाई नजिक बाट नियालेर अायका समस्याहरसकाे समाधान गर्ने ।

अाबश्यक सल्लाहकाे लागि माथिल्लाे कमिटिसंग परामर्ष गर्दै मिति पुगेका कमिटि हरुकाे पुनर्गठन , र नपुगेकाहरुकाे बैठक राख्ने निर्देशन दिनुभयाे । अखिलमा काम गरेकाहरु , गर्न सक्ने खट्न सक्नेहरु मात्र जिल्ला समेमलनमा नेताकाे रुपमा अनुहार हरु अाउने भन्दै उहाले सबैलाई खट्नका लागि निर्देशन दिनुभयाे ।

पार्टि जिल्ला सदस्य प्रमाेद खडकाले अखिलले अायाेजना गरेकाे जिल्ला भेला र साे पछिकाे जिल्ला सम्मेलन मा पार्टिले गर्नुपर्ने सम्पुर्ण सहयाेगकाे लागि कुनै कसुर बाकि नराख्ने र कमिटि शैक्षिक संस्थाहरुमा पुग्दा सम्बन्धित ठाउहरुका पाटिनेताहरुकाे अाबश्यक सहयाेग मागि अघाडि बढ्नकाे लागि अनुराेध गर्नुभयाे ।

बैठक बाग्दुला स्थित राप्ती हाेटलकाे सभाहलमा सम्पन्न भयकाे थियाे । अखिल प्युठान भाद्र अन्तिम हप्ता सम्ममा भब्य कार्यक्रमका बिचमा सम्मेलन सम्पन्न गर्ने तयारिमा जुटेकाे छ । भेला लाई एमाले उपाध्यक्ष बामदेव गाैतमले उद्घाटन गर्नुहुने साथै अखिल महासचिव एन महर पनि अाउनुहुने भयकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!