ललितपुर जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी निर्विरोध

Posted on: 04 Aug, 2017

साउन २०, ललितपुर । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् ।

समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कांग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए ।

समितिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!