जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा पाण्डे निर्वाचित

Posted on: 08 Aug, 2017

ताराबहादुर महत । श्रावण २४, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा एमाले उम्मेद्वार डबल पाण्डे अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा पाण्डेसहित सबै एमाले उम्मेद्वारहरु विजयी भएका छन । विजयी पाण्डेले १४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका कुमार तामाङले ४ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा पनि नेकपा एमालेकी मनमाया जिरेल विजयी हुनुभएको छ । उहाँले १४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ४ मत प्राप्त गर्नुभएको थियो । समन्वय समितिको सात जना सदस्यमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । विजयी सदस्यहरुमा आईती तमाङ, कमलकुमारी कार्की, गिता पोखरेल, मुरारीराज शिवाकोटी, युवराज घतानी, विदुर शर्मा र जित बहादुर श्रेष्ठ रहनुभएको छ ।

दोलखाको दुई नगरपालिका र सात गाँउपालिकामध्य दुई नगरपालिका सहित सात स्थानिय तहको प्रमुख उपप्रमुखमा एमाले तथा दुई गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रका प्रमुख उपप्रमुख विजयी भएका थिए ।  

जिल्ला समन्वय समिती दोलखाको आज बसेको पहिलो पुर्ण बैठकले ६ बुँदे  निर्णय गरेको छ । समितिको नवनिर्वाचित प्रमुख डबल पाण्डेको सभापतित्वमा भएको बैठकले तामाकोसी जलबिद्युत आयोजना ३ स्वदेशी लगानीमा निमार्ण गर्न पहल गर्ने, लामाबगरको फलाक सडक सञ्चालन गर्न समन्वय गर्नुका साथै दोलखाको दिगो विकास गर्न समन्वय गर्ने लगायतका ६ बुँदे निर्णय गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!