माओवादीमा अन्तर्घातको आरोप लागेपछि राना कांग्रेसमा प्रवेश

Posted on: 12 Aug, 2017


साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अन्तर्घातको आरोप लागेका पूर्व सांसद पुरन रानाथारु कांग्रेसमा प्रवेशका गरेका छन ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेमा माओवादी केन्द्रका पूर्व सांसद रानाथारु, माओवादी केन्द्रका केन्द्रीय सदस्य अमीन दहित (सूर्य) र जिल्ला सचिवालय सदस्य छंगा राना रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा रानाले एमालेको पक्षमा प्रचार गरेको आरोप लागेको थियो ।

उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटार स्वागत गरेका छन् । नेपाली कांग्रेसका सांसद एनपी साउँद, स्थानीय नेता बलराम पन्तको पहलमा माओवादी नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!