अखिल क्रान्तिकारी सल्यानले २१औं राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्यो

Posted on: 12 Aug, 2017


साउन २८, सल्यान । अखिल( क्रान्तिकारी) को यहीँ भाद्र ७-११ मा काठमाडौँमा हुन गइरहेको २१ औं राष्ट्रिय सम्मेलनका लागि देशभरिबाट श्रवान २८ गते प्रतिनिधि छनौट मिती तोकियको थियो । 

जस अनुसार आज सल्यानमा पनि प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार खुल्लाबाट राजेन्द्र भण्डारी, चेतन गिरि, ठगेन्द्र पुन, मोहन खड्का, रामप्रसाद शर्मा, रमेश बुढाथोकी, दिपक केसि र समानुपातिक कोटा अन्तर्गत दलितबाट गणेश बिक र महिला कोटा बाट विपना बुढाथोकी, अनिता रावत, स्ववियुको तर्फबाट बनगाड क्याम्पस बनगाडका स्ववियु अध्यक्ष इन्द्र ब बुढाथोकी र फारुला क्याम्पस स्ववियु अध्यक्ष हेमन्त वलि गरि सल्यानबाट जम्मा १२ जना प्रतिनिधि छानिएका छन । 

प्रतिनिधि छनोटको अधार स्थानीय चुनाव जितेको लाइ अधार मानेर छनोट गर्दा सल्यान  क वर्गमा परेको ले १० जना र स्ववियु जितेको क्याम्पस स्ववियु अध्यक्ष स्वत प्रतिनिधि भएकोले सल्यानमा १२ जना प्रतिनिधि छनोट भएका हुन ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिट्व्युरो सदस्य तथा जिल्ला अध्यक्ष कर्ण ब बुढाथोकीको प्रमुख अतिथि तथा अखिल क्रान्तिकारी केन्द्रिय सचीव ईन्द्र भुसालको बिशिस्ट अतिथि रहेको थियो । साथै अन्य अतिथि जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हिमाल यात्री , के स तिलक बि क लिलामान बस्नेत लगाएको उपस्तिथि रहेको थियो ।

साथै केन्द्रिय प्रतिनिधि भएर आउनु भएको केन्द्रिय सचीव इन्द्र भुसाललाई सल्यानको मायाको चिनो स्वरुप सल्यानी खुकुरी र दोसल्ला लगाएर सम्मान गरिएको संगठनका जिल्ला अध्यक्ष चेतन गिरीले जानकारी दिनुभएको छ । इन्द्र ब बुढाथोकीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!