प्रचण्ड र बाबुरामबीच भेटवार्ता, भट्टराईले राखे यस्तो प्रस्ताव

Posted on: 12 Aug, 2017

साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अप्रेसनपछि आराम गरिरहेका नेता भट्टराईलाई भेट्न प्रचण्ड शनिबार दिउँसो उनकै निवासमा पुगेका प्रचण्ड र बाबुराम बीच झण्डै २ घण्टासम्म छलफल चलेको थियो । 

भेटमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादी र अग्रगामी धाराहरुबीचको एकतामा जोड दिँदै गम्भीर रुपले सोच्न आग्रह गरेका छन् । 

भेटका क्रममा नयाँ शक्तिका नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने प्रतिक्रिया दिएका थिए । साथै भट्टराईले छलफललाई जारी राख्ने प्रस्ताव समेत गरेका छन् । 

दुई नेताबीचको समग्र छलफलको सारनै गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफल जारी राख्ने समझदारी भएको छ । भट्टराई र प्रचण्डबीचको आजको छलफलपछी बाबुराम नेतृत्वको नयाँशक्ति समेत माओवादी केन्द्रमा फर्कन सक्ने सम्भावना देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!