प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on: 21 Aug, 2017


भदौ ५, काठमाडौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।  निर्वाचन आयोगले दुबै चुनाव एकै चरण गर्न गाह्रो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । 

आयोगले सरकारलाई प्रदेश चुनाव मंसिर ४ गते र संघीय चुनाव मंसिर २१ गते गर्ने गरी निर्वाचन मिति सिफारिस समेत गरेको थियो । तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!