बाग्लुङकी चम्पादेवी बनिन् राज्यमन्त्री

Posted on: 23 Aug, 2017

 बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आज चौथो पटक गरेको मन्त्री परिषद बिस्तारमा नेपाली काँग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई(कृषि), शेषनाथ अधिकारी(शिक्षा), नरबहादुर चन्द(बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन(सिचाई), दिलमान पाख्रिन(कानुन, न्याय तथा संसदीय), उदय शमशेर(अर्थ), डिल्लीबहादुर चौधरी(श्रम), तेजुलाल चौधरी(युवा तथा खेलकुद), चम्पादेवी खड्का(सहकारी तथा गरिवी निवारण)लाई राज्यमन्त्री नियुक्त भएका हुन् ।

सत्तारुढ दल फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी( संघीय मामिला तथा स्थानीय विकास),सुमित्रा थरुनी(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र यसोदा कुमारी लामा( भूमी सुधार) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।


नेकपा आओवादी केन्द्रबाट दुई दिन अघि मात्र आठ जना राज्यमन्त्री बनेका थिए। आज थपिएका राज्यमन्त्रीहरु सहित मन्त्रीहरुको संख्या ४९ पुगेको छ । नवनियुक्त राज्यमन्त्रीहरुलाई केहि समय पछी पद तथा गोपनियताका सपथ दिलाईने कार्यक्रम रहेको छ ।


नवनियुक्त राज्यमन्त्री खड्का स्वर्गीय सभासद हरिबहादुर खड्काकी धर्मपत्नी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!