प्रधानमन्त्रीलाई विदेशमन्त्री स्वराजको दिल्लीमा स्वागत

Posted on: 23 Aug, 2017


भदौ ७, काठमाडौँ । पाँच दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुषमा स्वराजले बुधबार नयाँ दिल्लीमा स्वागत गरेकी छन् । 

बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवालाइ विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी हुन् । 

प्रधानमन्त्री देउवालाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख भरत रेग्मी लगायतले स्वागत गरेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!