ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा : विजुक्छें

Posted on: 30 Aug, 2017

भदौ १४,भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाउनुभएको छ । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको टिप्प्णी गर्नुभयो । 

अध्यक्ष विजुक्छेंले संसद्ले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँध भत्काउने निर्णय गरेपनि सरकार चुप लागेर बस्नु गलत भएको बताउँदै बाढीपीडितको राहत वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । 

निर्वाचन आयोगले तोकेको समयमै निर्वाचन सम्पन्न हुने बताउँदै उहाँले निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारेर मिति परिवर्तन गराउन खोजे देशका लागि हित नहुने विचार व्यक्त गर्नुभयो । 

‘सिंहदरबारको अधिकार गाउँ-गाउँ’ भन्ने नारा दिएर ठूला दलले जनतामाथि भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!