नेपाल शिक्षक संघ सल्यान स्थानीय तहमा कार्यसमिती चयन गर्दै

Posted on: 01 Sep, 2017


शंकर के सी/भदौ १६, सल्यान । नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ सल्यानले जिल्लाका दश वटै स्थानीय तहमा कार्यसमिती चयन शुरु गरेको छ । 

जस अनुसार संघले कपुरकोट गाउँपालिकामा शुक्रबार पहिलो स्थानीय अधिवेशन गरेको छ । अधिवेशनको बन्दशत्रबाट कपुरकोट गाउँपालिका स्तरिय नेपाल शिक्षक संघ गाउँ कार्यसमिती चयन गर्ने कार्यक्रम छ ।

अधिवेशन उद्घाटन शत्रमा बोल्दै संघका सल्यान जिल्ला अध्यक्ष एकराज बुढाथोकीले शिक्षकहरुको हक, अधिकार र विकासका लागी लड्ने संगठन नेपाल शिक्षक संगठन नै भएको बताएका छन् । शिक्षकहरुले कर्णधार उत्पादनका साथसाथै विकासका क्रियाकलापमा पनि लाग्नु पर्ने धारणा व्यक्त गरे । 

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक महासंघ सल्यानका संयोजक बामदेव अधिकारिले आ—आफ्नो हकहितका बारेमा आवाज उठाउदै गर्दा शिक्षाको गुणस्तरलाइ समेत शिक्षकहरुले ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा नेपाल शिक्षक संघ सल्यानका सचिव युवराज रेग्मी, काग्रेस क्षेत्र नम्बर २ का निवर्तमान सभापती दुर्गा बहादुर गिरी लगाएतकाले शुभकामना मन्तव्य राखेको थिए । संघका साविक धनवाङ गाविस अध्यक्ष योगराज खड्कोको सभापतीत्वमा भएको कार्यक्रममा टंकी महताराले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन कुवेर केसीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!