अनेरास्वबियु प्युठानले संगठन बिस्तारमा तिव्रता दिदै

Posted on: 01 Sep, 2017

सागर शर्मा/भदौ १६, प्युठान । जिल्ला सम्मेलनलाई लक्षित गर्दै  एमाले निकट अनेरास्वबियु प्युठानले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । 

आगामी असोज ३ गते स्वर्गद्धारी बहुमुखी क्याम्पसमा हुन लागिरहेको जिल्ला सम्मेलनलाई लक्षित गर्दै अखिल प्युठानले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो । 

अनेरास्वबियुले शुक्रबार जिल्लाको सरुमारानी गाउँपालिका –३ स्थित सरस्वती माबि हंसपुर चाभामा माबि कमिटी गठन गरेको छ । सुरेश दर्लामीको अध्यक्षतामा १५ सदसिय माबि कमिटी सर्बसम्मतले चयन गरेको हो । 

जस्को उपाध्यक्षमा कुमारी अर्याल, सचिव प्रदिप दर्लामी, सहसचिवमा रोम बहादुर गाहाँमगर, शान्ति सोमै, सर्मिला केसि, कोषाध्यक्ष तिमेस पुन मगर निर्बिरोध चयन भएको अनेरास्वबियु प्युठानका सचिव जालबहादुर केसीले बताउनुभयो । त्यस्तै गिता शर्मा, उर्मिला सोमै, धना सुवेदी, ज्योति सारु लगाएतका सदस्य रहेको माबी कमिटी चयन गरिएको हो । 

संगठन बिस्तार अभियानमा अनेरास्वबियु प्युठानका  सचिव जाल बहादुर केसि, सहसचिव रामचन्द्र केसि र सदस्य बिधान भारतीको उपस्थिती रहेको थियो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!