प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ : नेता पाण्डे

Posted on: 06 Sep, 2017

भदौ २१, नगरकोट। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमाले बाहेक अरु राजनीतिक दल नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउँदै उहाँले नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति हुने बताउनुभएको हो । 

नेता पाण्डेले तनवटै तहका निर्वाचनमा जीत हासिल गर्ने दाबी गर्दै आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा समेत गर्नुभयो । 

वैदेशिक चलखेलकै कारण नेपालमा तत्कालीन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकी थन्किरहेको गुनासो गर्नुभयो 

सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायलाई सहयोग नगरेका कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको छ भन्दै उहाँले आफ्नो दलले भने भ्रष्टाचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकालाई नछोड्ने भएकाले नै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताउनु भयो । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!