राष्ट्रिय जनमोर्चाको भेला सितगंगा नगरपालीकामा सम्पन्न

Posted on: 08 Sep, 2017

भदौ २३, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा सितगंगा नगरपालीकाको आयोजनामा वडानम्बर ७ जलुकेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

भेलाले नन्द बहादुर घर्तिको अध्यक्षतामा १५ सदस्यीय गाँउसमितिको गठन पनि गरेको छ । जसको उपाध्यक्ष सचिब कोषाध्यक्ष र सहसचिबमा क्रमशः चन्द्रबहादुर आले,मिनबहादुर आले,बिष्णु थापा र शान्ता आचार्य रहेका छन । त्यस्तै सोही भेलाले जलुकेको अमिलेचौरमा पनि चन्द्रबहादुर आलेको अध्यक्षतामा ११ सदस्यीय  टोल समितिको समेत गठन गरेको छ । 

जसको उपाध्यक्ष सचिब कोषाध्यक्ष र सहसचिबमा क्रमशः चुरामणी गरौजा,जनक सारु,धनबहादुर गाहा र प्रेमबहादुर गाहा रहेका छन । भेला राजमो नेता कपिल खनाल र जोगबहादुर सारुको बिशेष सक्रियतामा सम्पन्न भएको राजमो नेता यमलाल पोख्रेलले जानकारी दिनुभएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!