एमाले सल्यानले असोज १ गतेसम्म भेला गरिसक्ने

Posted on: 09 Sep, 2017


शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता दिएको छ ।

जस अनुासर एमालेले शनिबार सम्म तीन स्थानीय तहमा भेला सम्पन्न गरिसकेको जनाएको छ । वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको एमालेले शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा पनि भेला सम्पन्न गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन् । स्थानीय तहको चुनावमा पनि एमाले पहिलो पार्टी बनेकाले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि पहिलो पार्टी बन्छ, उनले भने– आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा एमालेलाई ठुलो पार्टी बनाउन त्यसक्षेत्रका नागरिक लागि परेका छन् ।

यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले अव आम कार्यकर्ता प्रदेश र प्रतिनिधी सभाको चुनावका लागी तयार रहन आग्रह गरे । एमाले प्रदेश कमिटी सदस्यहरु हरि केसी, उदय वोहोरा, जिल्ला उपाध्यक्ष भिम बहादुर सेन, सचिव रमेश कुमार गौतम लगाएतकाले बोल्दै जनमत एमालेको पक्षमा रहेकोले जीत पनि सधै एमालेकै हुने र एमालेले सधै जनताको हितको लागी काम गर्नुपर्ने बताएका थिए ।


एमाले कपुरकोट गाउँपालिकाका संयोजक घनश्याम शर्माको अध्यक्षतामा भएको भेलामा गाउापालिकाको ६ वटै वडाहरुमा संयोजक तोकेको छ । र हरेक वडामा असोज पहिलो साताभित्रै तदर्थ वडा कमिटी निर्माण गरिसक्ने निर्णय भकोको गाउँपालिकाका उपसंयोजक ओम बहादुर बुढाले जनाएका छन् ।

यसैविच छत्रेश्वरि गाउँपालिकामा एमालेले आइतबार बैठक र सोमबार भेला,  वागचौर नपामा २६ गते वैठक २७ गते भेला, दार्मा गापामा २८ गते वैठक २९ भेला, ढोरचौर गापामा २९ गते वैठक ३० भेला, कुमाखमालिका गापामा २४ गते वैठक ३१ भेला, कालिमाटी गापामा १७ गते वैठक, शारदा नपामा ३१ गते वैठक र अशोज १ गते भेला गर्ने निर्णय भएको एमाले सल्यानका सचिव रमेश कुमार गौतमले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!