प्रमलाई नेका नुवाकोटबाट रकम हस्तान्तरण

Posted on: 10 Sep, 2017

भदौ २५, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ । 

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीको निर्णय र निर्देशनबमोजिम रकम संकलन गरी हस्तान्तरण गरिएको बताउँदै बाढीपीडितका लागि आफूहरुले थप सहयोग गर्ने जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!