मत परिणाम: दोश्रो खाता पनि माओवादीले नै खोल्यो !

Posted on: 19 Sep, 2017

असोज ३, जनकपुर | धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले बिजयी खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुवँरले १९४ मत ल्याइ प्यानलसहित विजयी भएका हुन् ।

कांग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्यले १२९ र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जयकुमार यादवले ९४ मत पाउनुभयो ।

११ नम्बर वडामा ८ सय ३९ मतदाता रहेकोमा ६ सय ६२ मत खसेको थियो । वडा नम्बर ११ को मतगणना सकिँदा माओवादी केन्द्रले मेयरमा १९४ र उपमेयर २०६ , संघीय समाजवादी फोरमले मेयरमा १५८ र उपमयेरमा १२० र नेपाली कांग्रेसले मेयरमा १२० र उपमेयर १२१ मत प्राप्त गरेको छ । 

पहिलो खाता पनि माओवादीले नै खोल्यो 

यस अघि पहिलो खाता पनि माओवादी केन्द्रले नै खोलेको थियो । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीले प्यानल सहित विजयी भएका हुन् ।  केसीले वडामा ३ सय ४२ मत पाएर बिजयी भएका हुन् । 

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पांचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ । यो नगरपालिकामा माओवादी र एमालेबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ । 

यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ४ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!