वीरगञ्ज महानगरको प्रारम्भिक मतपरिणाम सार्बजनिक, कसले कति मत पाए ?

Posted on: 19 Sep, 2017

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरको प्रारम्भिक मतपरिणाम सार्बजनिक भएको छ । 

सार्बजनिक मतपरिणाम अनुसार पहिलो १०० मत गणना हुँदै गर्दा राजपा शिर्ष स्थानमा छ भने कांग्रेस ९ मतले पछाडी परेको छ । 

राजपाले मेयरमा ३६ मत ल्याएको छ भने कांग्रेसका मेयर उम्मेदवारले  २७ मत र उपमेयर ३० मत मात्रै ल्याएका छन् । त्यस्तै संघीय समाजवादी फोरमको २१ मत छ भने उपमेयरमा १९ मत पाएको छ । त्यस्तै माओवादी केन्द्रले ६ मत ल्याएको छ भने एमालेको ४ मत मात्रै पाएको अवस्था छ ।

अहिले महानगरका ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ । नेपाली कांग्रेसको गढ मानिने विरगञ्ज महानगरपालिकामा राजपा नेपालले सुरुवाती अग्रता लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!