तेस्रो संविधान दिवस प्यूठान पनि मनाइयो

Posted on: 19 Sep, 2017


असोज ३, प्यूठान । तेस्रो संविधान दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठानमा पनि मनाइएको छ । 

तेस्रो संविधान जिल्ला मुल समारोह समिति प्यूठाको आयोजनामा दिवश मनाइएको हो । जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा बोल्दै हाम्रो सँविधान अझै परिपक्व नभएको बताउनु भयो ।  उहाँले भन्नु भयो ‘बालकको रुपमा बनेको संविधान अहिले तातेताते गर्दै अघि बढिरहेको र यसलाई पालन पोषण गर्दै हुर्काउनु हामी सबै नेपालीको कर्तव्य हो ।’


प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, राजनितिक दलको प्रतिनिध, गैरसरकारी सस्थाको प्रमुख तथा प्रतिधिनि लगायताकोे उपस्थितिरहेका कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्य रहेको थियो । 

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको संविधान र स्थानिय तहको बारेमा जिल्ला बाल एसोसियनको अध्यक्ष डा. शिवराज पण्डितले कार्यपत्र द्धारा जानकारी गराउनु भएको थियो ।

स्थानिय तहको दिगो संचालन तथा व्यवस्थापनको बारेमा स्थानिय विकास अधिकारी इन्द्रप्रसाद बस्याल ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गैसस महासँघका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो । भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!