काँग्रेस १०, एमाले ६ र लोकतान्त्रिक फोरम ४ वडामा विजयी

Posted on: 21 Sep, 2017

असोज ५, राजविराज । नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ । 

नगरको वडा नं १ बैरवामा करिम शेख ४६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २ को अध्यक्षमा मेहन्दी हुसैन निर्वाचित हुनुभएको छ । डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा काँग्रेस विजयी भएको छ । 

डाक्नेश्वरी–१ मा विजय चौधरी ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २ मा काँग्रेसका उम्मेदवार रहमान मियाँ निर्वाचित हुनुभएको छ । उहाँले ४८४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हजरत अलीले २०७ मत प्राप्त गर्नुभएको छ । विष्णुपुर गाउँपालिका वडा नं २ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका योगेन्द्रप्रसाद यादवले ४६३ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

महिला सदस्यमा फुलीदेवी यादव, दलित महिला सदस्यमा रञ्जिताकुमारी रजक, खुल्ला सदस्यमा शिवजीप्रसाद साह र राजेन्द्र ठाकुर निर्वाचत भएको बताइएको छ । बेल्ही चपेना गाउँपालिका वडा नं १ मा काँग्रेसको प्यानल विजयी भएको छ । 

वडाध्यक्षमा नारायण यादव ८०२ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा समोदेवी मुखिया, दलित महिला सदस्यमा रेखाकुमारी राम, खुल्ला सदस्यमा ओमप्रकाश यादव र भूपेन्द्रनारायण यादव निर्वाचित भएका छन् । 

खड्ग नगरपालिका वडा नं १ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका सिंहेश्वर मण्डल ५६७ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

महिला सदस्यमा कपलेश्वरीदेवी भण्डारी, दलित महिला सदस्यमा दमनीकुमारी राम, खुल्ला सदस्यमा मनोजकुमार चौधरी र चन्देश्वर मण्डल निर्वाचित भएका छन् । 

वडा नं २ मा पनि काँग्रेसका रामअवतार साहले २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । रुपनी गाउँपालिका वडा नं ६ मा पनि काँग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् । 

तिलाठी कोइलाडी वडा नं ७ को वडाध्यक्षमा पनि काँग्रेसका गुलावप्रसाद सिंहको प्यानलै विजयी भएको छ ।  एमाले– एमालेले सप्तकोशी नगरपालिकाका वडा नं १, २, ३ र ४ मा जित हात पारेको छ । 

वडा नं १ को अध्यक्षमा नारायण आचार्य, २ को अध्यक्षमा सोनालाल चौधरी, ३ को अध्यक्षमा देवकान्त चौधरी र ४ को अध्यक्षमा बद्रीनारायण चौधरी निर्वाचित हुनुभएको । 

शम्भुनाथ नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट इनरदेव साहले ३४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । डाक्नेश्वरी–९ मा एमालेका उम्मेदवार कर्णदेव चौधरी ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका रघु साफीले ७०० मत प्राप्त गर्नुभएको थियो । नेपाल लोकतान्त्रिक फोरम– शम्भुनाथ नगरपालिका–२ मा भने नेपाल लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । 

वडाध्यक्षमा दुर्गानन्द भगत ४८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

छिन्नमस्ता गाउँपालिका–१ मा लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । छिन्नमस्ता–१ बरही वीरपुरमा लोकतान्त्रिक फोरमका विनोदकुमार यादव ४३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । सुरुङ्गा नगरपालिकाको वडा नं ११ मा पनि नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँको प्यानलै विजय भएको बताइएको छ । 

राजपा– सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका वडा नं २ मा राजपा (नेपाल) विजयी भएको छ । राजपाका उम्मेदवार सन्तोषकुमार यादवसहित प्यानलै विजयी भएको छ । 

त्यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) ले तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नं १ मा पनि जित हात पारेको छ । वडा नं ८ मा राजपाका उम्मेदवार लक्ष्मीप्रसाद खंग मण्डलको प्यानलै विजयी भएको छ । 

वडाध्यक्षमा निर्वाचित लक्ष्मी मण्डल खत्बेले ४६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सत्यनारायण यादवले ४४१ मत प्राप्त गर्नुभएको थियो । 

राजपाले डाक्नेश्वरी नगरपालिका वडा नं १० मा पनि जित हात पारेको छ । राजपाका उम्मेदवार जुगेश्वर साह ७५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । माओवादी केन्द्र– सप्तकोशी नगरपालिकाका वडा नं ५ र ६ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

वडा नं ५ मा दीपक लेखी २२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ६ मा कमलनारायण चौधरी ३२७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, सप्तकोशी नगरपालिकाकै वडा नं ७ र ८ मा पनि माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ । 

संघीय समाजवादी फोरम नेपाल– डाक्नेश्वरी नगरपालिका–४ मा सो दलका उम्मेदवार श्रीकान्त राय २२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शुभनारायण यादवले १७८ मत प्राप्त गर्नुभएको थियो । 

संघीय समाजवादी फोरमले बोदे बर्साइन नगरपालिका–१ मा पनि जितेको छ । वडाध्यक्षमा धीरेन्द्रकुमार यादव ५०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । बेल्ही चपेना गाउँपालिका–२ मा संघीय फोरम नेपालका ललित सिंह वडाध्यक्षमा निर्वाचित हुनुभएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!