सिरहाका पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

Posted on: 21 Sep, 2017

असोज ५, सिरहा ।  सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । 

विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् । 


अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छन् । अध्यक्ष उम्मेदवार ठकु महतो कोइरीले  २ हजार २ सय ३६ प्राप्त गरेर विजयी हुनु भएको छ, भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चन्देश्वर मण्डलले २ हजार २ सय ९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा माओवादीकै शियावती मुखिया २ हजार २९९ मतका साथ विजयी हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी एमालेकी रामकुमारी महतोले २ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ । पाँचवटा वडा रहेको यस गाँउपालिकामा वडा  १ र २ माओवादी केन्द्र, ३ संघीय समाजवादी फोरम, ४ एमाले र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

गए राती नै नेकपा माओवादीले कर्जन्हा नगरपालीकामा पनि विजय हासिल गरेका छन्  । संघिय समाजवादी फोरम, नेपालले सिरहाको विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँ पालीमा विजय हात पारेको छ । 

भगवानपुर गापा अध्यक्षमा फोरमका बेचन प्रसाद यादव ३ हजार ५८ मत र उपाध्यक्षमा फोरमकै सितादेवी यादवले ३ हजार १६ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।

उहाँहरुको निकटतम प्रतिद्धन्द्धी एमालेका अध्यक्ष पदका उम्मेदवार उग्रनारायण यादवले २ हजार ९७३ र उपाध्यक्ष उम्मेदवार बिन्दादेवी यादवले २ हजार ९१७ मत प्राप्त गर्नुभयो ।

यस्तै सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गएराती सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव १ हजार ९४० मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवले १ हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा भने माओवादी केन्द्रका सतदेव यादवले १ हजार २५४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सो गाउँपालिकाको उपप्रमुखमा फोरम नेपालकी अरहुलादेवी सिंहले २ हजार ७ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्दकी ललितादेवी यादवले १ हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कागे्रसले नवराजपुर गाउँपालिका विजयी हासिल गरेको छ । नवराजपुर गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा विश्वमोहनप्रसाद यादव २ हजार ३०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवकुमार यादवले २ हजार ११४ मत प्राप्त प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी यादवले १ हजार ९८८ मत प्राप्त गर्नुभएको छ । 

पाँचवटा वडामध्ये तीन वटामा कांग्रेस । एक एक वटामा एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । जस अन्तर्गत वडा १ मा वडाध्यक्ष एमाले, २,४ र ५ मा कांग्रेस र ३ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!