पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 21 Sep, 2017

असोज ५, पर्सा । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् ।

अध्यक्ष श्रेष्ठले २८०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर श्रेष्ठले २३६३ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष थिङले २४८३ मत पाइन् भने निकटतम प्रतिद्वन्दी एमालेले २३०२ ल्याएकी छन् ।

योसँगै माओवादीले तेस्रो चरणको स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा तीन स्थानीय तहमा बिजय हासिल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!