सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 21 Sep, 2017

असोज ५, लहान । औरही गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी हुनुभएको छ । अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमका शिवजी यादवले दुई हजार ६५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपाध्यक्षमा विजयी फोरमकी सीतादेवीले दुई हजार ६३२ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी देवझरीदेवी यादवले दुई हजार ४५९ मत प्राप्त गर्नुभयो । यससँगै हालसम्म माओवादी केन्द्र सिरहाका तीन स्थानीय तहमा विजयी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!