पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

Posted on: 22 Sep, 2017

असोज ६, बारा। पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ । 

संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहनुभएको थियो । उहाँले दुई हजार ५३७ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी हुनुभएके छ । उहाँले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का रहेको छ । 

खड्काले छ हजार ८१८ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी हुनुभएकको छ । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो । १३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिनुभयो ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!