परवानीपुर गाउँपालिकामा राजपा विजयी

Posted on: 22 Sep, 2017

असोज ६, कलैया परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामक्षेत्री कुर्मीले एक हजार आठसय मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा सावित्री देवीले दुई हजार ४७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै सुगानधिदेवीले दुई हजार १७ मत प्राप्त गर्नुभयो । 

त्यस्तै परवानीपुर गाउँपालिकाका वडाध्यक्षमा क्रमशः वडा नं.–१ मा राजपाका मिस्त्री सहनीे (५५९), वडा न २ मा नेपाली काँग्रेसका किशोरीप्रसाद तेली (६९३), वडा न ३ मा राजपाका अनिल राम (७५८), वडा न ४ मा नेकपा एमालेका गजेन्दैप्रसाद पटेल (५३९) र वडा न ५ मा संघीय समाजवादी फोरम नेपालका रामेश्वरप्रसाद कलवारले (७९४) मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिनुभयो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!