पर्सागढी नगरपालिकामा नेपाली काँग्रेस विजयी

Posted on: 22 Sep, 2017

असोज ६, पर्सा । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै सो नगरपालिकाको वडा नं. १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी हुनुभएको छ । 

वडा नं. २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी हुनुभएको छ भने वडा नं. ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!