महोत्तरीको मटिहानीमा राजपाको जित

Posted on: 22 Sep, 2017

असोज ६, गौशाला। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ । 

निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी हुनुभएको छ । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याउनुभएको छ । 

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले)का मोजिम राइनले एक हजार ५९७ र नेपाली काँग्रेसकी जुमेदा खातुनले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!