राजविराज नगरपालिकाको मतगणना स्थगित

Posted on: 23 Sep, 2017

असोज ७, राजविराज (रासस) । सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । 

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उहाँले बताउनु भयो । 

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ । 

यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुखमा फोरम नेपाल विजयी 

सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । 

फोरम नेपालका आतिश सिंह यादवले ४,५४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले ३,२९८ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा पनि फोरम नेपालकै रञ्जु साह निर्वाचित हुनुभएको छ । साहले ३,७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुखमा रेणु साहले ३,६३७ मत मात्र प्राप्त गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!