राजविराजको मतगणना पुनःशुरु

Posted on: 24 Sep, 2017

असोज ८, राजविराज। दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ । 

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!