प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगायो

Posted on: 03 Oct, 2017

नन्दराम जैशी/असोज १७, जुम्ला । प्रदेशसभाको निर्वाचनका लागि नेपालि कांग्रेस जुम्लाले निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ उम्मेदवार बनाएको छ । 

सर्बसहमतिका आधारमा निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ नेपालि कांग्रेस जुम्लाले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारको नाम टुंगो लगाउन क्षेत्र नं “क” मा सर्बसहमति जुटेपनि क्षेत्र नं “ख” मा भने कांग्रेसलाइ सकस भएको छ ।               

प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं “ख” बाट बढि आकांक्षिहरुको उम्मेदवारी परेपछि नेपालि कांग्रेस जुम्लालाइ उम्मेदवारका नाम टुंगो लगाउन सकस भएको हो । 

जिल्ला कार्य समिति जुम्लाका सदस्य डिलेश बहादुर रावतका अनुसार क्षेत्र नं “ख” बाट उम्मेदवारको नाम टुंगो लगाउन नसकिएपछि ६ जना आकांक्षिको नाम केन्द्रमा सिफारिस गरीएको छ । 

जसमा उम्मेदवारका आकांक्षिहरु पाटि सभापति दिप बहादुर शाहि, महा समिति सदस्य लंक बहादुर शाहि र भिमनिधि हमाल, पुर्व महाधिबेशन प्रतिनिधि जयहरी आचार्य र प्रयागलाल जिसि र नवजंग हमालले प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारीको दावि गरेका छन् ।     

 असोज ११ गतेसम्म नियमित बसेको जिल्लाको बैठकले नाम टुंगो लगाउन नससकेपछि सबै उम्मेदवारका आकांक्षिको नाम केन्द्रमा पठाइएको छ । केन्द्रले नै अन्तीम एक जना उम्मेदवारको नाम टुंगो लगाउने नेपालि कांग्रेस जुम्लाका सदस्य डिलेश बहादुर रावतले जानकारी दिनुभयो । यस्तै केन्द्रसभाको निर्वाचनका लागि पनि नेपालि कांग्रेस जुम्लाबाट ३ जनाले उम्मेदवारीको आकांक्षा देखाएका छन् ।            

 जसमा पाटि सचिब कर्ण बहादुर शाहि, पुर्व महाधिबेशन प्रतिनिधि देबेन्द्र बहादुर शाहि र लाल हमालले केन्द्रसभाका लागि उम्मेदवारीको दावि गरेका छन् । जिल्लामा सहमति जुट्न नसकेपछि उम्मेदवारको टुंगो लगाउन केन्द्रमा नाम सिफारीस गरीएको छ । 

यसैबिच जुम्लाका अन्य राजनितिक दलरुले पनि प्रदेश र केन्द्रसभाको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् । प्रदेश र केन्द्रसभाको निर्वाचनका लागि टिकट लिन सबै पटिभित्र धेरै आकांक्षि हुँदा आन्तरीक बिवाद हुनुका साथै गुटउपगुटको खेल भैरहेको बताइएको छ ।       


यस बिषयमा तपाइको प्रतिक्रिया...!