मुगुमा कांग्रेसले टुङ्गगायो प्रदेश तथा संघका उम्मेदवार

Posted on: 06 Oct, 2017

नन्द बहादुर रोकाया/असोज २०, मुगु । आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाली काग्रेस मुगुले उम्मेद्धवारहरुको अन्तिम टुङ्गो लगाएको छ । 


लामो समययता बार्ता र छलफल जारी राखेको काग्रेसले बिहिबार साझँ सर्व सम्मत उम्मेद्धवारहरुको नामावलीको अन्तिम टुङ्गो लगाएको हो । पार्टिका उपसभापति खगेन्द्र बहादुर मल्लका अनुसार मुगु नेपाली काग्र्रेसबाट प्रतिनिधी सभा अथवा संघको निर्वाचनका लागी भुपु शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्लको नामावली टुगों लागेको छन ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको मुगुको १ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागी नेपाल बिद्यार्थी संघ मुगुका पुर्व सभापति तथा काग्रेस महासमिती सदस्य तिलक बहादुर मल्ललाई उम्मेद्धवार बनाईएको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टिका सभापति खड्क बहादुर शाहीलाई प्रदेश सभाका लागी लागी उम्मेद्धवार तोकिएको छ । समानुपातिक तर्फ प्रदेशामा एकल उम्मेद्धवारका रुपमा पार्टिका पुर्व सभापति ऐेन बहादुर शाहीलाई तोकिएको छ । 

संघमा समानुपातिक तर्फ पार्टीका पुर्व पार्टि सभापति पदम बहादुर रावललाई र दुर्गम क्षेत्र, महिला र जनजातीको प्रतिनिधित्व स्वरुप पाल्जुम लामालाई उम्मेद्धवार तोकिएको उप– सभापति खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ । यसै बिच माओवादी केन्द्रले यस अघि उम्मेदारको टुङ्गो लगाईसकेको छ भने नेकपा एमाले उम्मेदार टुङ्गो लगाउन छलफल  गदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!